मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २६ शनिबार १६:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २६ शनिबार १६:४१:००

नेपालमा कोरोना भाइरस संक्रमण हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार एक हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा देशभर ९९४ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार १३७ नमुनाको पिसिआर विधिबाट र तीन हजार ७०३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । त्यसमध्ये ७७७ जनामा पिसिआर र २१७ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणले संक्रमण भएको देखाएको हो । पछिल्ला दिनहरूमा संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ । शुक्रबार एक हजार १४६ जनामा कोरोना भाइरस संक्रमण हुँदा एक हजार ६६० संक्रमणमुक्त भएका थिए ।

यद्यपि, तथ्यांकमा नमुना परीक्षण पनि केही कम भएको देखिएको छ । शुक्रबार १० हजार ९१६ नमुनाको परीक्षण गरिएकोमा शनिबार त्यो संख्या झन्डै एक हजारले घटेको छ । यस दिन नौ हजार ८४० नमुना परीक्षण भएको छ ।

यो अवधिमा कोरोना भाइरस संक्रमणबाट १२ जनाले ज्यान गुमाएकाे मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ छ ।