१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २५ शुक्रबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शान्ति स्थापनामा सामूहिक प्रयास आवश्यक : महानिरीक्षक खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार २o:oo:oo

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन् । संयुक्त राष्ट्रसंघको अनुरोधमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको शान्ति स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय अनलाइन कार्यशालालाई ‘सेफ्टी एन्ड सेक्युरिटी अफ युएन पिसकिपर्स’ विषयमा प्रमुख वक्ता खनालले यस्तो बताएका हुन् । 

खनालले शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरूबाट सुरक्षित रहन पर्याप्त मात्रामा सचेतना र क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । शान्ति स्थापनार्थ परिचालनपूर्वको तालिममा यससम्बन्धी क्षति न्यूनीकरण गर्ने उपायबारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने उनको भनाइ छ । 

शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पूरा गर्न फम्र्ड पुलिस युनिट र इन्डिभिजुअल पुलिस अफिसरको रूपमा खटिने सुरक्षाकर्मीको लागि खटिनुपूर्व मिसन लक्षित तालिम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

कुशल नेतृत्व, सामूहिक भावना र सहकार्य, अनुशासन, इमानदारी, सही योजना, समन्वय तथा कमान्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि महत्वपूर्ण हुने उनले बताए ।