१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २१ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २१ सोमबार १६:o६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

चुडालको खण्डकाव्य ‘निनाद वल्लरी’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २१ सोमबार १६:o६:oo

कुशेऔँसीको तिथि पारेर पब्लिकेसन्स नेपालयले अलका आत्रेय चुडालको खण्डकाव्य ‘निनाद वल्लरी’ बजारमा ल्याएको छ। ‘नेपालय कविता’अन्तर्गत प्रकाशित यो पुस्तकमा विभिन्न नौवटा छन्दका करुण रसका कविता छन्। 

विष्णुराज आत्रेय ‘लाटो साथी’की  छोरी अलकाले ‘निनाद वल्लरी’ आफ्ना स्वर्गीय पिता आत्रेयको प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो। यस काव्यले पिता–पुत्रीको वात्सल्य र वियोगलाई छन्दमार्फत अत्यन्त मार्मिक शैलीमा अभिव्यक्त गरेको छ। साथै, छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रीतिमाथि पनि पुस्तकले परोक्ष रूपमा व्यंग्य गरेको छ।

दक्षिण एसियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी अलका आत्रेय चुडाल हाल भियना विश्वविद्यालय अस्ट्रियामा प्राध्यापन गर्छिन्। कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाएकी चुडालको यो दोस्रो पुस्तकाकार काव्य हो।