१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २१ सोमबार
  • Saturday, 28 September, 2024
२o७८ भदौ २१ सोमबार १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजामती कर्मचारीले लगाए कोरोनाविरुद्धको खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २१ सोमबार १४:५३:oo

निजामती कर्मचारीहरूले पनि कोरोनाविरुद्धको खोप लगाएका छन्। सोमबार निजामती सेवा दिवस २०७८ को अवसर पारेर कर्मचारीले सिंहदरबारमा खोप लगाएका हुन्।

‍खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामती कर्मचारीहरूले कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप लगाएका छन्। कर्मचारीहरूले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाब दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामती कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए।

उनले पहिला सरकारले निजामती कर्मचारीहरूलाई भ्याक्सिन लगाउनु भन्दा कोहीले डराएर र कोहीले बाध्यतावश उपस्थिति जनाउन नसक्दा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिनबाट वञ्चित भएको बताए।