१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३१ सोमबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कुलमानकाे नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३४:oo

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङको नियुक्तिविरुद्धको मुद्दामाथिको सुनुवाइ सरेको छ। सर्वोच्च अदालतले मुद्दालाई हेर्न नभ्याइमा राखेको हो।

आइतबार सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको थियो। प्राधिकरणको कार्यकारी अधिकृतबाट आफूलाई हटाएर घिसिङलाई ल्याउनु असंवैधानिक भएको भन्दै यसअघिका सिइओ हितेन्द्रदेव शाक्यले भदौ १ मा सर्वोच्चमा रिट दर्ता गराएका थिए। शाक्यले आफूलाई हटाएको जानकारीसमेत नदिई घिसिङलाई नियुक्ति गर्नु असंवैधानिक भएको रिटमा उल्लेख गरेका छन्।

रिटमा शाक्यले आफूलाई पुनर्नियुक्त गर्न अन्तरिम आदेश माग गरेका छन्। सर्वोच्चले यसअघि रिटमाथि सुनुवाइ गर्दै नियुक्तिको सम्बन्धमा मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल फाइल मगाउने आदेश गरेको थियो।

ad
ad