नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४औँ महाधिवेशनका लागि छिट्टै उम्मेदवारी घोषणा गर्ने बताएका छन्। नयाँ पत्रिकासँग कुरा गर्दै उनले शुक्रबार यस्तो बताएका हुन्।
उनले भने, ‘को–को के–केमा उठ्नुहुन्छ भन्नेबारे सबैलाई चासो छ। मैले अहिलेसम्म उम्मेदवारी घोषणा गरिसकेको छैन। आजदेखि वडा अधिवेशन पनि सुरु भएको छ। अब छिट्टै नै उम्मेदवारी घोषणा गर्छु।’