१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २१ शुक्रबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपत्यकाका दोहोरी साँझ राति १२ बजे र नाइट क्लब २ बजेसम्म खोल्न पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५८:oo

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित दोहोरी साँझ र क्लबहरूलाई टाइमकार्ड सार्वजनिक गरेको छ। दोहोरी साँझ राति १२ बजेसम्म र क्लबहरू राति २ बजेसम्म खुल्न पाउनेछन्।

त्यस्तै, फिल्म हलले हाललाई ५० प्रतिशत मात्रै दर्शक राख्न पाउनेछन्। शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, रात्रिकालीन व्यवसायी र फिल्म हल सञ्चालकहरूबीच छलफल भएको थियो। छलफलका क्रममा कोरोना संक्रमणलाई ख्याल गर्न प्रशासनले निर्देशन दिएको छ।

हरेक व्यवसाय सञ्चालन गर्दा कोभिड स्वास्थ्य मापदण्ड पालना अनिवार्य गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना महामारीको असरमा परेका व्यवसायीलाई सहज हुने गरी टाइमकार्ड दिइएको बताए। उनले कोभिड स्वास्थ्य मापदण्ड पालना गरेको नगरेको सम्बन्धमा प्रहरीले अनुगमन र कारबाही गर्नेसमेत चेतावनी दिए।

उनले भने, ‘यतिका समय बन्द भएका व्यवसायलाई त्यति कस्न पनि भएन, बरु कोभिड स्वास्थ्य मापदण्डबारे हामीले कडाइ गर्छौँ।’

ad
ad