युवा संघ नेपालको तारकेश्वर नगर कमिटी गठन भएको छ। नेपालटारमा आयोजित कार्यक्रमबीच सुमन महर्जनको अध्यक्षतामा नगर कमिटी तथा वडा कमिटी गठन तथा शपथ कार्यक्रम सम्पन्न गरिएको हो।
युवा संघका नेता श्यामकृष्ण महर्जनका अनुसार तारकेश्वर नगर कमिटीका अध्यक्षमा महर्जन, उपाध्यक्ष अजित बानियाँ, सचिव सुरजकुमार भट्टराई, सहसचिव केदार खत्री र कोषाध्यक्ष सामान महर्जनसहित ५५ सदस्यीय नगर कमिटी निर्माण गरिएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल, बागमती प्रदेश सभा सदस्य केशव स्थापित, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरालगायतको उपस्थिति रहेको थियो।