१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १४ सोमबार
  • Wednesday, 03 July, 2024
डा. गोविन्द केसी
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १४ सोमबार २o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

डा. केसीसँगका सम्झौता कार्यान्वयन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १४ सोमबार २o:३३:oo

सरकारले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । डा. केसी र सरकारबीच विभिन्न समयमा भएका सहमति गहन अध्ययन गरी ठोस कार्यान्वयन अगाडि बढाउन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिको सदस्यमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र शिक्षा, स्वास्थ्य र कानुन मन्त्रालयका सहसचिव सदस्य रहने निर्णय गरिएको छ ।

समितिलाई नेपाल सरकारसँग भएका सम्झौता प्रतिबद्धता कार्यान्वयनको अवस्थाबारे चिकित्सा शिक्षा आयोग, मन्त्रालय र परिषद्हरूसँग छलफल गरी कार्यान्वयन बाँकी रहेका सहमति, कार्यान्वयन अवस्था र गर्नुपर्ने कामबारे ठोस सुझाब पेस गर्न कार्यादेश दिइएको छ ।

त्यस्तै, गेटा मेडिकल कलेज सञ्चालनका लागि सुझाब दिन चेतराज पन्तको  संयोजकत्वमा समिति गठन भएको छ । समितिको सदस्यमा डा. शेखरबाबु रिजाल, डा. जीवन क्षेत्री, डा. दिलीप शर्मा, डा. मुकुन्द जोशी, डा. हरि लम्साल, डा. प्रमोद जोशी, डा.  हेमराज पनेरू र डा. पदमबहादुर चन्द र डा. सुदेश कायस्थ, कानुन मन्त्रालयका सहसचिव र योजना आयोगका सहसचिव प्रतिनिधि, सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. मदन उपाध्याय छन् ।

ad
ad
ad
ad