मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ भदौ १४ सोमबार १५:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकाको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री देउवा र मेयर शाक्यबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ भदौ १४ सोमबार १५:५१:००

उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ। उपत्यकामा थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्नेबारे प्रधानमन्त्री देउवा र मेयर शाक्यबीच छलफल भएको हो।

प्रधानमन्त्री देउवा जतिसक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक रहेको मेयर शाक्यले जानकारी दिए। ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ। त्यही कारण केही दिनदेखि पूर्ण रूपमा फोहोर उठाउन सकेका छैनौँ,’ छलफलपछि प्रमुख शाक्यले भने।

मेयर शाक्यले आफूले सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न प्रधानमन्त्रीज्यूलाई आग्रह गरेको बताए। छलफलका क्रममा प्रधानमन्त्रीले सडक विभाग महानिर्देशकलाई टेलिफोन सम्पर्क गरी तत्काल बाटो बनाउन निर्देशन दिएको उनले जानकारी दिए। प्रमुख शाक्यले प्रधानमन्त्रीसँगको भेटले बाटो निर्माण हुने र छिट्टै फोहोर उठ्ने विश्वास व्यक्त गरे।