१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Wednesday, 26 June, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १३ आइतबार १८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पाटनको कृष्ण मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार १८:५७:oo

कृष्ण जन्माष्टमीको दिन भक्तजनको भिड लाग्ने पाटनको कृष्ण मन्दिरमा यो वर्ष भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइने भएको छ । सोमबार कृष्ण जन्माष्टमीमा भक्तजनले मन्दिरको बाहिरैबाट दर्शन गरेर फर्कनुपर्नेछ । 

मन्दिरका पुजारी प्रतापधर शर्माले कोभिड–१९ महामारीका कारणले स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारीलगायतको निर्णयबाट मन्दिरको पेटीमै भक्तजनलाई पूजा गर्न दिने निर्णय भएको बताए । उनका अनुसार मन्दिरको पेटीमा कलश राखिनेछ । भक्तजनले त्यसमै पूजा गर्न पाउनेछन् । 

मन्दिरको ढोका खुला हुने भए पनि भक्तजन प्रवेशमा रोक लगाइएको छ । कोरोना संक्रमणलाई ध्यानमा राख्दै मन्दिर परिसरमा भिडभाड गर्न नदिने निर्णय भएको छ ।
 

ad
ad
ad
ad