१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दोहोरी साँझ र रात्रिकालीन व्यवसायीहरूले सिडिओलाई बुझाए एकझोला तालाचाँबी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:१६:oo

लामो समय बन्द रहेको क्षेत्रलाई सरकारले अझै पनि खोल्ने अनुमति नदिएपछि आइतबार दोहोरी साँझ तथा काठमाडौंमा रात्रिकालीन व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर पत्रसहित ध्यानाकषर्ण गराएका छन् । काठमाडौंको ठमेल, नयाँबानेश्वर, सुन्धारा, नयाँ बसपार्क, गोंगबुलगायत क्षेत्रका व्यवसायीहरू मिलेर चाबी र पत्र बुझाउन गएका हुन् । 

उनीहरूले प्रमुख जिल्ला अधिकारीलाई भेटेर एक झोला चाबी जिम्मा लगाएका छन् । सरकारले अन्य व्यवसाय र क्षेत्रलाई चलायमान बनाइरहेको छ । सबैजसो पेसा, व्यवसाय र कार्यालय सञ्चालन भइरहेका छन् । तर, रात्रिकालीन व्यवसायी र तीनमा काम गर्ने व्यवसायीको मर्का भने सरकारले बुझेको छैन । 

उनीहरूले व्यवसायको सटर र ढोका बन्द गरेको लामो समय भएकाले खोलिदिन अनुरोध गरेका छन् । दोहोरी साँझ र रात्रिकालीन व्यवसाय सञ्चालन समितिले पनि होटेल तथा रात्रिकालीन व्यवसाय खोल्न अनुमति दिन अनुरोध गरेको छ । 

कोरोना महामारीका वेला सबैभन्दा प्रभावित बनेको काठमाडौंको मनोरञ्जन तथा रात्रिकालीन व्यवसाय नै हो । यो व्यवसायलाई चलाउने वा बन्द गरिराख्ने सरकारले अझै सोच्न सकेको छैन । सरकारले खोल्ने अनुमति नदिएपछि सबै होटेल, दोहोरीसाँझ र मनोरञ्जन क्षेत्रका ढोका बन्द छन् । होटेल व्यवसाय, दोहोरी साझँ, क्लब र काठमाडौंका रात्रिकालीन व्यवसाय राम्ररी नखोलेको डेढ वर्ष भयो । चर्को भाडा तिरेर खोलिएका यी व्यवसायहरू अहिले टाँट पल्टिएका छन् । कोरोना महामारीका वेला भाडासमेत तिर्न नसकेर व्यवसायीहरू छट्पटाइरहेका छन् । तर, यी क्षेत्र कहिलेदेखि सञ्चालन हुने हुन् पत्तो भने छैन । सरकारले सबै क्षेत्रलाई खुला गरेर रात्रिकालीन व्यवसाय र सिनेमा हललाई बन्द गर्दै आइरहेको छ । लकडाउनको निशाना बनिरहेका यी व्यवसायहरू भने नराम्ररी धरापमा परेका छन् । 

घरभाडा र बैंकको ऋणले डुबाएको भन्दै उनीहरूले खोल्न पाउने अनुमति माग गरेर फर्किएका छन् । त्यस्तै, यी क्षेत्रमा कार्यरत कलाकार, मजदुरको रोजगारीसमेत गुमेको भन्दै सरकारले यसबारेमा नसोचेको उनीहरूको गुनासो छ । सबै क्षेत्रलाई सरकारले खुकुलो गर्दै लगे पनि मनोरञ्जन क्षेत्रलाई बेवास्ता गरेको भन्दै उनीहरूले पत्रमार्फत ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासनलाई व्यवसायीहरूले बुझाएको पत्रमा लेखिएको छ, ‘हाम्रो सम्पूर्ण व्यवसायको घरभाडा, व्यवसाय कर, बैंकको ऋणको ब्याज तथा व्यावसायिक घाटाको जिम्मालगायत सम्पूर्ण कलाकार, मजदुरको रोजगारीको ग्यारेन्टीसहित व्यवसायीको चाबी बुझिलिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

हाल भदौ १६ गतेसम्म सरकारले निषेधाज्ञा जारी गरेको छ । त्यसपछिको निषेधाज्ञामा भने व्यवसायीका केही माग सम्बोधन गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारप्रसाद पराजुलीले जानकारी दिए । उनले भने, ‘पत्रसहित तालाचाबी ल्याएका बुझाएका छन्, यसबारेमा छलफल गर्न १५ गेत बैठक बस्छौँ ।’

ad
ad