१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भागरथीका परिवारलाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २o:३४:oo

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, की किशोरी भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपालिज असोसिएसन अफ भिक्टोरिया, गैरआवासीय नेपाली संघ अस्टे«लिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाले संकलन गरेको दुई लाख ७० हजार ८४० रुपैयाँ विकासमा सिर्जनशीलता नेपाल नामक संस्थामार्फत भागरथीका आफन्तलाई हस्तान्तरण गरिएको हो ।
    
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त रकमको चेक भागरथीका परिवारका सदस्यलाई शनिबार धनगढीमा हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री भट्टले थोरै भए पनि आर्थिक सहयोगले पीडित परिवारलाई राहत पुग्ने बताए । उनले प्रदेश सरकारले पनि भागरथीका आफन्तलाई पाँच लाख रुपैयाँ प्रदान गरेको जानकारी दिए ।

समाजमा बढ्दो बलात्कार र हत्याका घटना नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्र्नुपर्ने उनले बताए । ‘विदेशमा बस्ने नेपालीले पीडामा रहेका परिवारलाई गरेको सहयोग सराहनीय छ ।’ मुख्यमन्त्री भट्टले भने ।

भागरथीका आफन्तलाई सहयोग जुटाउन नेपालिज असोसिएसन अफ भिक्टोरिया, गैरआवासीय नेपाली संघ अस्टे«लिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरिया च्यारिटी क्रिकेट म्याच आयोजना गरेको थियो । च्यारिटी म्याचमा सहभागीहरूले व्यक्तिगत रूपमा गरेको सहयोग रकम र मल्टिडाइनामिक रिअल स्टेटले गरेको सहयोग गरी दुई लाख ७० हजार ८४० रुपैयाँ संकलन भएको सहयोग हस्तान्तरण कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका नेपालिज एसोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष प्रेमराज उपे्रतीले जानकारी दिए ।

दोगडाकेदार–७, स्थित सनातन माविमा कक्षा १२ मा अध्ययनरत भागरथी माघ २१ गते बुधबार विद्यालयबाट घर जाने क्रममा बेपत्ता भएकी थिइन् । दुई दिनपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । 

ad
ad