मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १० बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १० बिहीबार १८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अफगानिस्तानबाट थप ११ नेपाली उद्धार गरेर नयाँदिल्ली ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १० बिहीबार १८:३५:oo

अफगानिस्तानबाट बिहीबार ११ जना नेपालीलाई उद्धार गरेर नयाँदिल्ली ल्याइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली ल्याइएको हो। काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी काबुल विमानस्थलनजिक राखिएको पनि परराष्ट्रले जनाएको छ। 

विमानस्थलबाहिर जम्मा भएको भिडका कारण एकीकृत गरिएका उनीहरूलाई विमानसम्म पुर्‍याउनका लागि विभिन्न तहमा समन्वय भइरहेको छ।  

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँदिल्लीमा रहेकाहरूलाई काठमाडौं ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन–अवतरण हालसम्म पनि खुलिसकेको छैन।