१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ९ बुधबार १८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

संविधानमाथि राजनीति नगर्न पूर्वप्रधानन्यायाधीशहरूको सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ९ बुधबार १८:२५:oo

पूर्वप्रधानन्यायाधीशहरूले  संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरूलाई सुझाब दिएका छन्। पूर्वप्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहंताका कारण संविधानमाथि नै प्रश्न उठ्न थालेको भन्दै दलहरूलाई सचेत गराएका हुन्। 

नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरूलाई सुझाए। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको बताएका थिए।

‘संविधानमाथि राजनीति भयो, संविधानलाई जुन ढंगले गम्भीरतापूर्वक लिनुपर्ने हो त्यसरी लिएको जस्तो देखिँदैन,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने।

पूर्वप्रधानन्यायाधीश कार्कीले अहिलेको राजनीति राजाको पालोको नमुनाजस्तो भएको बताएकी थिइन्। उनले संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमुनाजस्तो राजनीति दलहरूले गरिरहेको भन्दै असन्तुष्टि पोखिन्। 

‘राजनीति वा देशको शासन कुनै एउटा दलले चलाउँछ भने त्यो दलले एउटा नमुना, उदाहरण बनेर कसरी मुलुकलाई सञ्चालन गरेर जाने, कसरी राम्रो भन्दा राम्रो काम गर्दै लिएर जाने भन्ने हुन्छ, तर यहाँ त भताभुंग, राजाको नमुना जस्तो भयो,’ कार्कीले भनिन्।

कार्यक्रममा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकार सर्वोच्चको परमादेशबाट नआएको दाबी गरिन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता खिमलाल भट्टराईले अहिलेको मुख्य समस्या संविधानको व्याख्या र प्रयोगमा भएको बताएका थिए। उनले संविधानको धारा ७६ बनाउँदा कुन हिसाबले संविधान लेखिएको थियो, त्यसको स्पष्टता आवश्यक रहेको बताएका थिए।

ad
ad
ad
ad