Skip This
बुबा र श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Friday, 20 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७८ भदौ ८ मंगलबार २o:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बुबा र श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार २o:५६:oo

धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका– ५ ललियाका २७ वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेको प्रहरीले बताएको छ । 

ससुरा र बुहारीबीच अनैतिक सम्बन्ध रहेको आशंकामा भागेश्वरले दुवैको हत्या गरी घरनजिकैको झाडीमा खाल्डो खनेर गाडेका थिए । सोमबार राति नै दुवैलाई भागेश्वरले  हत्या गरेको प्रहरीले जनाएको छ । 

सोमबार रातिदेखि नै बेपत्ता भएको दुवैको खोजी भइरहेको वेला मंगलबार बिहान स्थानीयले स्थानीय रामनाथ मण्डलको आँपको बगैँचामा खाल्डो खनेर पुरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापश्चात् प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । 

दुवै शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल जनकपुरमा राखिएको छ । स्थानीयका अनुसार भागेश्वर एक वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । अभियुक्त भागेश्वरलाई हिरासतमा लिई घटनाको अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मनोजकुमार बस्नेतले बताए ।