१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ८ मंगलबार १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तालिवानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तानबाट ७७० नेपाली काठमाडौं आइपुगे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार १९:१८:oo

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट हालसम्म सात सय ७० नेपालीको उद्धार भई काठमाडौं आइपुगेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी मंगलबार मात्रै जोर्डन एभिएसनको उडानबाट एक सय तीन र कतार एयरको उडानबाट नौजना गरी इक सय १२ जना स्वदेश फर्किएको बताएको छ । 

आगमनपश्चात् अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड– १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौंसम्म ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ । काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन–अवतरण हालसम्म खुलिसकेको छैन ।

अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/np/ मा रहेको अनलाइन पोर्टलमा आफ्नो नामसहितको विवरण दर्ता गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।