१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Saturday, 28 September, 2024
२o७८ भदौ ८ मंगलबार १३:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोलाले बगाउँदा सल्यानमा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार १३:५३:oo

सल्यानमा खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ। जिल्लाको कुमाख गाउँपालिका– ४ निवासी ५१ वर्षीय लीलाधर शर्माको मंगलबार स्थानीय मर्मखोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए।

घरबाट रागेचौरतर्फ जाँदै गर्दा खोलामा बगेका उनको शव प्रहरीले स्थानीयको सहयोगमा कुमाख गाउँपालिका– २ शान्तिबजारस्थित खोलाको किनारमा भेटेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।