मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
श्रवण थापा सर्लाही
Invalid date format १o:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रियंका हत्या घटनामा संलग्नहरू सार्वजनिक

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १o:५३:oo

प्रियंका भुजेल हत्या घटनामा संलग्न अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।  सोमबार साँझ पत्रकार सम्मेलन आयोजना गरेर प्रहरीले घटनामा संलग्नहरू लालबन्दी नगरपालिका– १७ बस्ने १९ वर्षीय अनिष दाहाल र सोही स्थानका १९ वर्षीय कृष्ण साहलाई सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरूलाई घटनाको पर्सिपल्टै पक्राउ गरेको थियो । घटनालगत्तै घर छाडेर भागेका उनीहरूलाई प्रहरीले छिमेकी जिल्ला महोत्तरीस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा  पक्राउ गरेको होे । 

प्रारम्भिक अनुसन्धान र उनीहरूको बयानबाट समेत प्रियंकाको हत्या उनीहरूले नै गरेको खुलेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख एसपी सन्तोषसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रहरीका अनुसार हालसम्मको अनुसन्धानबाट किशोरी भुजेलको हालसम्म कर्तव्य ज्यान गरी हत्या गरेको खुलेको छ । दुवै किशोरले घटनामा आफूहरू संलग्न रहेको स्वीकार गरेको प्रहरीका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।