Skip This
वुहानबाट १८७ नेपाली उद्धार गर्दा १३ करोड खर्च
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वुहानबाट १८७ नेपाली उद्धार गर्दा १३ करोड खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १६:५९:oo

सरकारले चीनको वुहानबाट  एक सय ८७ नेपालीको उद्धारमा क्रममा १३ करोड २९ लाख रकम खर्च गरेको पाइएको छ। शुक्रबार सार्वजनिक महालेखा परीक्षकको ५८औँ प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो। 

सरकारले ०७६ माघ २७ मा कोभिड– १९ बाट प्रभावित चीनबाट नेपाल फिर्ता ल्याउने क्रममा हवाई उद्धार, बसोवासलगायतको प्रयोजनका लागि विभिन्न निकायबाट ठूलो मात्रामा रकम खर्च भएको औँल्याएको हो। 

प्रतिवेदनमा चीनको उहानबाट उद्धार गरी ल्याउँदाको खर्च मात्र १३ करोड २८ लाख ४७ हजार रुपैयाँ रहेको उल्लेख छ। प्रतिवेदनअनुसार उडान उद्धार तथा स्थानीय यातायातबापत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ४९ लाख ७९ हजार खर्च गरेको थियो। त्यस्तै, सहरी विकास मन्त्रालयले खरिपाटीमा क्वारेन्टिन निर्माण, निर्मित क्वारेन्टिनका लागि आवश्यक सामग्री खरिद, क्वारेन्टिन स्थलमा इन्टरनेट र टुथ ब्रस, हिटरड्रायर, स्याम्पु, डायरी, क्वारेन्टिन बेड खरिद तथा निर्माणलगायतको काममा सात करोड ५६ लाख ९५ हजार खर्च गरको थियो। 

त्यस्तै, नेपाली सेनाले क्वारेन्टिनमा बस्नेका लागि १७ दिनको खानाबापत ५५ लाख र विभिन्न औषधि खरिदबापत ६६ लाख ७१ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ।

ad
ad