Skip This
लन्डनमा भूपू गोर्खा सैनिकले तोडे अनशन, २३ भदौमा त्रिपक्षीय वार्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Tuesday, 11 August, 2026
ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ अनशन बसेका थिए ।
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३ बिहीबार २३:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लन्डनमा भूपू गोर्खा सैनिकले तोडे अनशन, २३ भदौमा त्रिपक्षीय वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार २३:o५:oo

बेलायतको लन्डनमा भूतपूर्व गोर्खा सैनिकहरूले सुरु गरेको भोक हडताल १४औँ दिनमा तोडिएको छ। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायत सरकारका प्रतिनिधिको रोहवरमा अनशन तोडिएको हो। भूपू गोर्खाहरूको पेन्सनलगायतका विषयमा गोर्खा प्रतिनिधि, नेपाल सरकार र  बेलायत सरकारबीच त्रिपक्षीय वार्ता २३ भदौमा हुने सहमति भएको छ।

भूतपूर्व गाेर्खा सैनिकहरूका तर्फबाट ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङलगायत अनशनमा बसेका थिए। नेपाल र बेलायत सरकारबीच भूपू सैनिक गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रतिनिधिको रोहवरमा वार्ता हुने समितिका सल्लाहकार रविन चाम्लिङ राईले जानकारी दिए। 

संघर्ष समितिले नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, संघसंस्था, सञ्चारमाध्यमलगायत सबैलाई धन्यवाद दिएको छ। गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईलगायतले अनशनमा अगुवाइ गरेका थिए। 

यो पनि 
बेलायतमा अनशन, सर्वोच्चमा मुद्दा : दुई शताब्दी लामो अन्यायविरुद्ध गोर्खा सैनिकको संघर्ष