स्रोत नखुलेको भारतीय मुद्रासहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।रौतहटस्थित नेपाल–भारत सीमाबाट नेपाल आउँदै गरेको बा.३९प १६९१ नम्बरको मोटरसाइकल चोकजाँच गर्ने क्रममा स्रोत नखुलेको एक लाख ८३ हजार पाँच सय भारतीय रुपैयाँसहित दुईजना पक्राउ गरेका हुन्।
पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका– ४ टिकुलिया बस्ने करिब ३० वर्षीय सुखाडी सहनी र सोही नगरपालिका वडा नं. १ जयनगर बस्ने करिब ३५ वर्षीय अनिल भन्ने विकास साह रहेका सीमा प्रहरी चौकी बञ्जराले जनाएको छ।
उनीहरूलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बारा पठाइएको प्रहरीले जनाएको छ।