१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Friday, 05 July, 2024
२o७८ भदौ ३ बिहीबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

रसुवामा पहिरोले पुरिएर एकै परिवारका चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार १७:३२:oo

रसुवामा पहिरोले घरसहित पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका– ५ कोलडाँडाकी ३२ वर्षीया कमला गलान, उनका दुई छोरीहरू आठ वर्षीया सुकुमाया गलान र ११ वर्षीया सोकिता गलान तथा छोरा ७ वर्षीय आशिष गलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए।

पहिरोले पुरिएर घाइते भएका कमलाका श्रीमान् ३६ वर्षीय श्यामबहादुर गलान तामाङको काठमाडौंस्थित ट्रमा सेन्टर उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था नाजुक रहेको छ।

बिहीबार बिहान करिब साढे तीन बजे गलानको घरमाथि सडकको डिल भासिई एकतले जस्ताले छाएको घर पहिरोले पुरेको थियो।

ad
ad
ad
ad