१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख १८ मंगलबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चौतारा साँगाचोकगढी  नगरपालिकाका १४ वटै वडाका युवा स्वरोजगार

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२८:oo

चौतारा साँगाचोकगढी  नगरपालिकाको १४ वटै वडामा युवा जनशक्तिले स्वरोजगार व्यवसाय सुरु गरेका छन् । चौतारा साँगाचोकगढी नगर र नेपाल बैंक लिमिटेडबीच काठमाडौंमा सम्झौता गरेर युवावर्गलाई स्वरोजगार बनाउने योजनाअनुसार युवाहरूले व्यवसाय सुरु गरेका हुन् । 

नगरपालिकाबाट एक करोड र बैंकबाट एक करोड जम्मा गरेर दुई करोडको स्वरोजगार कोष स्थापना गरिएको छ । स्वरोजगार बन्न चाहने युवा समूहले दुई प्रतिशत ब्याजमा १० लाखसम्म सहुलियत कर्जा प्राप्त गर्न सक्छन् । व्यक्तिगत रूपमा स्वरोजगार हुनेले पाँच लाख र समूहमा आए १० लाख ऋण दिने व्यवस्था मिलाइएको चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर जानुका पराजुलीले बताइन् ।

स्वरोजगार लगानीका लागि लगेको उक्त कर्जा पाँच वर्षभित्र चुक्ता गर्नुपर्ने नियम छ । कृषि, पशुपालन, महिला उद्यमशीलता र दलित समुदायको सीपमा आधारित व्यवसायलाई प्राथमिकतामा राखेर स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको छ । ‘स्वरोजगार जनशक्ति उत्पादन गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो,’ पराजुलीले भनिन्, ‘यो वर्ष दुई करोड कर्जाबाट ४० युवालाई स्वरोजगार बनाउने लक्ष्य छ ।’ २० युवाले स्वरोजगार व्यवसाय सुरु गरिसकेको उनले सुनाइन् । 

भैँसीपालन, बाख्रापालन, व्यावसायिक तरकारी खेती र सिलाइबुनाइसम्बन्धी तालिम सञ्चालनमा रहेका छन् । काम सुरु गरेपछि मात्रै नगर र बैंकका प्रतिनिधि गएर स्वरोजगार युवालाई लगानीका लागि कर्जा दिने गरिएको छ । कोभिड– १९ महामारीबाट प्रभावित भई विदेशबाट फर्केका युवालाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरिएको नगरपालिकाले जनाएको छ । गत वर्षदेखि सञ्चालनमा रहेको यो कार्यक्रमलाई निरन्तरता दिने गरी नगर र बैंकबीच सम्झौता भइसकेको छ । 

ad
ad