१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ ५ शनिबार १४:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

युवतीको हत्या भएको भन्दै स्थानीय आक्रोशित, लोकमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:१९:oo

तीन दिनदेखि बेपत्ता युवतीको शव फेला परेपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेका छन्। लालबन्दी नगरपालिका– १७ रानीगन्जमा बेपत्ता युवती मृत फेला परेकाे घटनालाई लिएर आक्रोशित स्थानीयले दिउँसोबाट पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेका हुन्। 

लोकमार्ग अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीको सवारीसमेत बाटोमा नै अलपत्र बनेको छ। आन्दोलित उनीहरूले लोकमार्गस्थित लालबन्दी नगरपालिकास्थित इलाका प्रहरी कार्यलयअगाडि टायर बलेर प्रदर्शन गरेका छन्। लालबन्दी नगरपालिका– १७ रानीगन्जको डाँडाटोलनिवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल गएराति मृत अवस्थामा फेला परेकी हुन्। 

युवतीको शव घरदेखि करिब तीन किलोमिटर उत्तर लालबन्दी नगरपालिका– ६ स्थित कालिन्जोर खोलामा फेला परेको हो। युवती साउन ३१ गते रातिदेखि बेपत्ता भएपछि परिवारले साउन ३२ गते प्रहरीमा खबर गरेका थिए। मध्यरातमा युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। 

ad
ad