१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३२ सोमबार
  • Sunday, 29 September, 2024
श्रवण थापा सर्लाही
२o७८ श्रावण ३२ सोमबार २o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँपालिकाको मोटरसाइकलमा लागुऔषध तस्करी, कार्यालय सहयोगी पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ श्रावण ३२ सोमबार २o:३३:oo

सर्लाहीमा गाउँपालिकाकोे सरकारी मोटरसाइकलमा लागुऔषध कोरेक्स तस्करी गर्ने गरेको फेला परेको छ । बरबरिया गाउँपालिकास्थित सशस्त्र प्रहरीको बेसक्याम्पनजिकैबाट सरकारी मोटरसाइकलमा तस्करी गरेको लागुऔषध बरामद भएको हो । 

सशस्त्र प्रहरीले छड्के जाँचको क्रममा धनकौल गाउँपालिकाको ना.१ब २२१२ नम्बरको मोटरसाइकलबाट बोरामा लोड गरेर लैजाँदै गरेको अवस्थामा सय एमएलको तीन सय ७१ बोतल कोरेक्स बरामद भएको सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले जानकारी दिए । 

लागुऔषधसँगै धन्कौल गाउँपालिकाका कार्यालय सहयोगीसमेत रहेका धनकौल गाउँपालिका– ३ बस्ने २६ वर्षीय जयकिशोर सिंह पक्राउ परेका छन् । उनलाई समेत थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

लागुऔषधसहित पक्राउ परेका सिंह कार्यालय सहयोगी रहेको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले पुष्टि गरे । कार्यालयको मोटरसाइकल कार्यालय सहयोगीलाई दिए–नदिएको विषयमा र त्यसमा लागुऔषध तस्करी भएकोबारेमा आफूलाई जानकारी नभएको र प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्ने उनले बताए ।