मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३२ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३२ सोमबार १९:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यादेशको चर्चापछि ओलीनिकट एमाले शीर्ष नेताहरू बालकोटमा भेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३२ सोमबार १९:o१:oo

सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी दलका नेताहरू रणनीतिक छलफलमा जुटेका छन् । 

सरकारले संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी थालेको भन्दै एमाले अध्यक्ष केपी ओलीपक्षीय पदाधिकारी र स्थायी कमिटीका नेताहरू ओलीनिवास बालकोटमा छलफलमा जुटेका हुन् । ओलीनिकट केही केन्द्रीय सदस्य पनि बालकोट पुगेका छन् ।

माधवकुमार नेपाल पक्षलाई सहज हुने गरी सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र एमाले विभाजन हुने निष्कर्षका साथ ओलीनिकट नेताहरू छलफलमा जुटेका हुन् । आगामी रणनीति तय गर्ने गरी छलफलमा जुटेको एक नेताले बताए । 

विघटित कार्यदलले एकताका लागि १०बुँदे सहमति गरे पनि विवाद मिल्न सकेको छैन । नेताहरू आरोप–प्रत्यारोपमा रहिरहेका वेला विघटित कार्यदलका सदस्यहरू भने निरन्तर छलफलमा रहेका छन् ।