Skip This
ad
अफगानिस्तानस्थित भारतीय दूतावासको ट्विटर ह्यान्डल ह्याक !
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
एजेन्सी काबुल
२o८१ बैशाख २६ बुधबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तानस्थित भारतीय दूतावासको ट्विटर ह्यान्डल ह्याक !

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
नयाँ पत्रिका काबुल
२o८१ बैशाख २६ बुधबार ११:o४:oo

अफगानिस्तानस्थित भारतीय दूतावासको ट्विटर ह्यान्डल ह्याक भएको छ। दूतावासका प्रेस सेक्रेटरी अब्दुल हक आजादले दूतावासको आधिकारिक ट्विटर ह्यान्डल लग इन गर्न नसकेको बताएका छन्।

हकले एक स्क्रिनसट सेयर गरेका छन्, जसमा ह्याकरले दूतावासको ह्यान्डलबाट लेखेको भनिएको ट्विट छ। ट्विटमा अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई धोकेबाज भन्दै इतिहासको एक धब्बा बताइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘घानी बाबा (असरफ घानी) आफ्ना धोकेबाजहरूसँगै फरार भएका छन्। आज हामी लाजले आफ्नो टाउको पिटिरहेका छौँ। असरफ घानीले सबै कुरा बिगारिदिए। एक भगुवाको सेवा गरेकोमा हामी सबैसँग माफी माग्छौँ। भगवानले यो धोकेबाजलाई सजाय दिनेछन्। हाम्रो इतिहासमा यिनको नाम एक धब्बा हो,’ सेयर गरिएको स्क्रिनसटमा उल्लेख गरिएको छ।

आइतबार मात्र तालिवानले राजधानी काबुललाई नियन्त्रणमा लिएको छ। यसअघि नै राष्ट्रपति घानी देश छाडेर भागेका थिए।

ad
ad