मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Wednesday, 18 December, 2024
२o७८ श्रावण २७ बुधबार २o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीको भाँसु भिरमा जिप खस्दा दुईजनाको मृत्यु, तीन घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार २o:४३:oo

भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका– ३, स्थित भाँसु भिरमा जिप खस्दा दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । चुरे–६ का ३६ वर्षीया दुर्गा साउद र डोटीको जोरायल गाउँपालिका– १ की पाँच वर्षीया एलिसा खड्काको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
    
दुर्घटनामा गम्भीर घाइते दुवैजनालाई उपचारका लागि अत्तरियास्थित पद्मा अस्पतालमा ल्याएपछि मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गणेशराज उप्रेतीले बताए । जिपचालक जोरायल गाउँपालिका– १, का ३१ वर्षीय रमेश खड्का, सोही ठाउँका २८ वर्षीया निर्मला खड्का र चुरे– ६ का आठ वर्षीय सुशील साउद घाइते भएका छन् ।

घाइतेहरूको पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये साउदको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक उप्रेतीले बताए । प्रहरीका अनुसार मृतक एलिसा दुर्घटनामा घाइते भएकी निर्मलाकी छोरी हुन् ।

धनगढीबाट डोटीको गैरा जाँदै गरेको प्रदेश नं. ३–०१–०२३ च ९०५९ नम्बरको जिप बेलुकी दुर्घटना भएको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरी निरीक्षक उप्रेतीले बताए । जिप अनियन्त्रित भएर दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।