१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

स्कोडा गाडीको सोरुम पोखरामा              

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:२३:oo

स्कोडा गाडीको साेरुम पोखरामा स्थापना गरिएको छ। जर्मनी प्रविधिको सो गाडीको सोरुम बुधबारदेखि पोखरा महानगरपालिका– ९ स्थित नयाँबजारमा खुलेको हो। गाडीको यस क्षेत्रको आधिकारिक बिक्रेता एसएसएल मोटर्स प्रालिले स्कोडाको सोरुम पोखरामा खोलेको हो।

स्कोडाका लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले एसएसएल मोटर्सलाई यस क्षेत्रको बिक्रेता नियुक्त गरेसँगै पोखरामा सोरुम स्थापना गरिएको हो। स्कोडाले दुई साताअघि बजारमा ल्याएको एसयुभी कुसाकको पोखरामा सार्वजनिकसँगै बुकिङसमेत सुरु भएको छ। सार्वजनिक गरिएको कुसाक पोखरामा ६ वटा बिक्री भएको छ।

सोरुमको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलासमाधान मिडिया प्रालिका अध्यक्ष उमनाथ बराल, एमएडब्ल्यू इन्टरप्राइजेज स्कोडा डिभिजनका डिलर मेनेजर विजय थापा, एसएसएल मोटर्सका निर्देशक सूर्यप्रसाद बराललगायतले गरेका थिए ।

एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध रहेको कुसाक विभिन्न ५ भेरिएन्टमा बजारमा उपलब्ध रहेको निर्देशक बरालले जानकारी दिए। गाडीको एक्टिभ म्यानुअल ट्रान्समिसनको ४९ लाख ९० हजार, एम्बिसन म्यानुअल ट्रान्समिसनको ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको ५८ लाख ९० हजार, स्टाइल म्यानुअल ट्रान्समिसनको ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको ६५ लाख ९० हजार रुपैयाँ रहेको छ।

रोबस्ट र मस्कुलर लुक रहेको कुसाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलइडी डिआरएल र फगल्याम्प रहेको कार्यक्रममा जानकारी दिइयो। रुफ रेल र १७ इन्चको डाइमन्ड कट अलोय ह्विल रहेको गाडीको पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्‍याप–अराउन्ड एलडी टेललाइट छ।

यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ। यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर छ।

सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम छ। इएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो। साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ। स्कोडा कुसाकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टिएसआई इन्जिन हुनेछ जसले ११५ बिएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो। टिएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ। साेरुममा कुसाकसँगै र्‍यापिड गाडी पनि बिक्रीका लागि उपलब्ध रहेको बरालले जानकारी दिए।

ad
ad