सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनबारे कांग्रेसका शीर्ष नेताबीच छलफल हुने भएको छ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो साढे २ बजे नेताहरूकाे सभापतिसँग छलफल हुने भएको हो ।
छलफल शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा हुन लागेको छ । छलफलमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला सहभागी हुनेछन्। त्यस्तै, छलफलमा नेता रमेश लेखक, सहमहामन्त्री प्रकाशशरण महत र मीनेन्द्र रिजालसमेत सहभागी रहने पौडेलले जानकारी दिए ।
शीर्ष नेताको छलफल क्रियाशील सदस्यता टुंग्याउने र महाधिवेशनको कार्यतालिकाका विषयमा केन्द्रित रहने मुख्यसचिव पौडेलले जानकारी दिए। सहभागी अन्य नेताहरूले भने क्रियाशील सदस्यताको विषयमा शीर्ष नेतृत्वलाई सहयोग गर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसले साउन २८ का लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कार्यसमिति बैठकअगाडि हुन लागेको शीर्ष नेताको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।