मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ श्रावण २६ मंगलबार ०७:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना

Read Time : < 1 मिनेट
२०७८ श्रावण २६ मंगलबार ०७:०६:००

नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा लमजुङको बेंसीसहर नगरपालिका- २ बगालेगाउँमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना गरिएको छ । उक्त कृषि विज्ञान संस्थानको सोमबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र बलाधिकृत रथी प्रभुराम शर्माले संयुक्त रूपमा उद्घाटन गरेका  हुन् ।

कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले संस्थानमा सैनिक र गैरसैनिक परिवारका सन्तानले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने बताए  । उनले भने, ‘आधुनिक कृषि प्रणालीलाई जोड दिई कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न यसले सहयोग पुग्नेछ  ।’

संस्थानले बिएस्सी एजीको अध्यापन गर्नका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । मंसिर महिनाबाट पठनपाठन सुरु हुनेछ । चार सय ५० रोपनी क्षेत्रफलमा  निर्माण गरिएको कृषि विज्ञान संस्थानमा प्रशासन तथा शैक्षिक क्षेत्रमा भवनलगायतको पूर्वाधार, छात्रावास, प्रयोगशाला निर्माण गरिएको छ ।

यस्तै, कृषि क्षेत्रमा फलफूल तरकारी,  फार्म स्थापना, फलफूलको बगैँचा, चिया बगान स्थापना गरिएको छ । संस्थानमा कुखुरा फार्म, गाई फार्म, बाख्रा फार्म, बंगुर फार्म, माछापोखरी स्थापना गरिएको नेपाली सेना श्रीजंग गण उदीपुरका गणपति प्रमुख सेनानी जयराम थापाले बताए ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षासचिव रामप्रसाद थपलियाले संस्थानले जीवन निर्वाह कृषि प्रणालीलाई मात्र नभई व्यावसायिक कृषिमा जोड दिनुपर्ने  बताए ।