मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o६:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जातकै कारण प्रेमविवाह असफल भएपछि दलित युवतीले गरिन् आत्महत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१६:oo

प्रेमविवाह अस्वीकार भएपछि सप्तरी सुरुंगा नगरपालिका– ७ पोखरियाकी २० वर्षीया दलित युवतीले आत्महत्या गरेकी छिन् । दलित भएकाले केटाका परिवारले विवाह अस्वीकार गरेको र केटासमेत होटेलमै छोडेर गएको डेढ महिनापछि गत शनिबार बिहान ९ बजे घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् । 

स्थानीय २० वर्षीया ज्योति पासवानलाई गाउँकै युवक कृष्ण मिश्राले घरबाट भगाएर प्रेमविवाह गरेका थिए । गत फागुन ९ गते ज्योति र कृष्ण घरबाट भागेर मन्दिरमा विवाह गरेका थिए । विवाहपश्चात् कृष्णले ज्योतपलाई सिराहाको मिर्चैयास्थित दिदीको घरमा चार महिना राखेका थिए । 

पीडितका बुबा प्रमोद पासवानका  अनुसार असारको  ६ गते कृष्णले ज्योतिलाई लहानस्थित पुष्पाञ्जली गेस्टहाउसमा एक रात सँगै बसेर कोठा खोज्न जाँदै छु भन्दै फरार भएका थिए । धेरै दिनसम्म कृष्ण होटेल नफर्किएपछि ज्योतिले घरमा सम्पर्क गरेकी थिइन् । अभिभावकले प्रहरी र महिला अधिकारकर्मीको सहयोगमा  ज्योतिलाई गेस्टहाउसबाट उद्धार गरेका थिए ।

‘ज्योतिको उमेर त्यतिवेला २० वर्ष पुग्न केही महिना बाँकी रहेकोले प्रहरीले हामीलाई नै जिम्मा लगाएको थियो,’ प्रमोद पासवानले भने, ‘त्यतिवेला प्रहरीले समेत जबर्जस्ती करणी र शरीर बन्धक मुद्दामा उजुरी दिए कारबाही गर्न तयार थियो । तर, ज्योतिले कृष्णाफेरि फर्केर आउने विश्वासमा उजुरी दिन अस्वीकार गरेकी थिइन् । 
 

पञ्चायतले छिनोफानो गरेको थियो विवाह 
गत फागुन ८ गते ज्योतिको विवाहका लागि घरदेख गर्न विराटनगरबाट केटा पक्षका व्यक्तिहरू आउँदा ज्योतिको प्रेमी कृष्णले राति रक्सी खाएर बबाल गरेको पीडित बुबा प्रमोदले बताए । उनले भने, ‘ज्योतिसँग म विवाह गरिसकेको छु भन्दै बबाल गरेपछि गाउँमा पञ्चायती पनि भयो । वडाध्यक्ष शिवनारायण चौधरीको रोहवरमा दलित युवतीसँग विवाह गरेपछि सम्पत्तिमा कुनै अधिकार नपाउने भन्दै कृष्णसँग उनको परिवारले कागज गराएको थियो ।’ गाउँमा कृष्णको बुबा र ज्योतिका बुबाको राम्रो उठबस थियो । कृष्ण  ज्योतिको घरमा आउने–जाने क्रममा दुवैबीच प्रेम भएको थियो । 

कारबाही गर्न माग
ज्योतिका बुबा प्रमोद पासवानले आत्महत्या दुरुत्साहन र जातीय भेदभाव तथा कसुर सजाय ऐन, २०६८ अनुसार कारबाही गर्न उजुरी दिने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘कानुनअनुसार कारबाही गर्न हामीले प्रक्रिया अघि बढाइसकेका छौँ ।’


सुरुंगा नगरपालिकाकी उपप्रमुख बिन्दा पासवानले पनि पीडकलाई कारबाही गर्न सहयोग गरिरहेको बताएकी छिन् । उनले भनिन्, ‘अझै पनि समाजमा दलितका छोरी–चेलीको यौवनसँग गैरदलितले खेलबाड गर्न छोडेको छैन । जबसम्म पीडकहरूलाई कडा कारबाही हुँदैन, तबसम्म घटना दोहरिरहन्छ ।’ घटनाको सत्यतथ्य छानबिन गरी दोषी युवकलाई हदैसम्मको कारबाही र पीडित परिवारलाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर्न दलित सरोकार मञ्च नेपाल, कञ्चनरूप नपा– ८ले माग गरेको छ ।

कथित उपल्ला जात भनाउँदाले ज्योतिलाई दलित भएकै कारण प्रेमविवाह अस्वीकार गरेपछि जीवनसँग खेलबाड गरेकोले ज्योतिले आत्महत्या गर्न बाध्य भएको भन्दै मञ्चका अध्यक्ष युक्तिलाल मरिकले घटनामा संलग्नलाई कडा कारबाहीको साथै पीडित पक्षलाई क्षतिपूर्ति तथा न्यायका लागि सबैलाई पहल गर्न आग्रह गरेका छन् ।