मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २५ सोमबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण २५ सोमबार १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडेलपक्षीय कांग्रेस जिल्ला सभापतिहरूको भेला सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण २५ सोमबार १२:४५:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेला सुरु भएको छ । काठमाडौंको ठमेलस्थित होटेल यात्रीमा जिल्ला सभापतिहरूको भेला सुरु भएको नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । 

भेलामा ३५ जिल्लाका सभापति सशरीर उपस्थित छन् भने १२ जिल्लाका सभापति भर्चुअल माध्यममार्फत जोडिएका छन् । मंगलबारसम्म चल्ने भेलामा पार्टीको १४औँ महाधिवेशन, पार्टीको भावी नीति, नेतृत्व चयन र कोभिड– १९ महामारी नियन्त्रणलगायत विषयमा छलफल गर्ने जनाइएको छ । 

पार्टीको विधान र संविधानको व्यवस्थाबमोजिमसमेतको गरी साढे पाँच वर्षको अवधिमा समेत पार्टीको महाधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएपछि जिल्ला सभापतिहरूले सामूहिक धारणा राख्न भेला भएका हुन् । 

भेलाले महाधिवेशनको सुनिश्चितता गर्दै पार्टीको लामो लोकतान्त्रिक इतिहासको कदर गर्दै वैधानिकता बचाउनेतर्फ केन्द्रित हुन नेतृत्वलाई दबाब दिने केसीले जानकारी दिए । कांग्रेसको वैधानिक आयु भदौको २३ गते सकिँदै छ । तर, १६–१९ का लागि तोकिएको महाधिवेशन नहुने निश्चित भइसक्दा पनि अर्को कार्यतालिका सार्वजनिक भएको छैन । महाधिवेशनका लागि मतदाता अर्थात् क्रियाशील सदस्यताको समेत टुंगो लागेको छैन । 

नेताहरूले क्रियाशील सदस्यताकै कारण पार्टीको महाधिवेशन समयमा गर्न नसकिएको बताउँदै आएका छन् । वैधानिकता संकटमा पर्ने अवस्थामा अब महाधिवेशन गर्न नसके पार्टीको वैधानिकता बचाउन के गर्ने ? विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आगामी बिहीबारका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन् ।