मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भारतका निरज चोपराले शनिबार टोकियो ओलम्पिकमा एथलेटिक्स विधातर्फ ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेपछि ।
एजेन्सी टोकियो
२०७८ श्रावण २४ आइतबार ०७:३८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारतलाई १३ वर्षपछि ओलम्पिकमा स्वर्ण पदक

Read Time : > 2 मिनेट
एजेन्सी टोकियो
२०७८ श्रावण २४ आइतबार ०७:३८:००

यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा सुटिङका अभिनव बिन्द्राले १० मिटर एयर राइफलमा भारतलाई स्वर्ण दिलाएका थिए  

भारतले गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स विधामा एक सय २१ वर्षपछि स्वर्ण पदक जितेको छ । शनिबार टोकियोमा एथलेटिक्स विधातर्फ ज्याभलिन थ्रोको अन्तिम चरणमा नीरजले ८७.५८ मिटर पर थ्रो गर्दै भारतलाई ऐतिहासिक सफलता दिलाएका हुन् । उनले पहिलो प्रयासमा ८७.०३ र दोस्रोमा ८७.५८ मिटर थ्रो गरेका थिए । उनले तेस्रो प्रयासमा भने ७६.७९ मिटर थ्रो गरेका थिए ।

चौथो तथा पाँचौँ थ्रोमा उनले फल थ्रो गरेका थिए । छैटौँपटकमा नीरज ८४.२४ मिटर थ्रो गर्दै स्वर्ण पदकको दाबेदार बनेका थिए । यस इभेन्टमा चेक रिपब्लिकका जाकुब वेदलेचले रजत र चेक रिपब्लिककै भिस्तेलाभले कांस्य पदक पाएका छन् । भारतले टोकियो ओलम्पिक अहिलेसम्मकै सफल यात्रा बनाएको छ । अहिलेसम्म भारतले एक स्वर्ण, दुई रजत तथा चार कांस्य हात पारेको छ ।

यसअघि लन्डन ओलम्पिक २०१२ मा भारतले सर्वाधिक ६ पदक जोडेको थियो । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जितेको हो । सन् २००८ को बेइजिङ ओलम्पिकमा सुटिङका अभिनव बिन्द्राले १० मिटर एयर राइफलमा स्वर्ण दिलाएका थिए । भारत सन् २०१२ र २०१६ को ओलम्पिकमा स्वर्णविहीन थियो । ओलम्पिक इतिहासमा भारतको यो दशौँ स्वर्ण पदक हो । भारतले सर्वाधिक आठ स्वर्ण हक्कीमा जितेको छ । व्यक्तिगत एकल स्पर्धामा भारतलाई अभिनवले पहिलो स्वर्ण दिलाएका थिए । अभिनवपछि ओलम्पिकमा व्यक्तिगत इभेन्ट्समा स्वर्ण जित्ने नीरज दोस्रो भारतीय खेलाडी बनेका छन् । 

ट्र्याक एन्ड फिल्ड इभेन्ट्समा भारतको यो पहिलो स्वर्ण हो । भारतलाई एथलेटिक्स विधामा स्वर्ण दिलाएका नीरजले जर्मनीको बायो मेकानिक्स एक्सपर्ट प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिएका थिए । टोकियो ओलम्पिकका लागि भएको छनोट प्रतियोगितामा नीरजले ८७ मिटरभन्दा लामो थ्रो गरेका थिए । नीरजको थ्रो ज्याभलिन इभेन्ट्सको व्यक्तिगत उत्कृष्ट रेकर्ड ८८.०६ मिटर छ । सन् २०१८ को एसियन खेलकुद प्रतियोगितामा उनले ८८.०६ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका थिए । स्वर्ण पदक विजेता नीरज शरीरको तौल कम गर्न एथलेटिक्समा आबद्ध भएका थिए । सन् २०१६ मा उनी भारतीय सेनामा भर्ती भएका हुन् । 

ब्राजिलद्वारा फुटबलमा स्वर्ण रक्षा 
ब्राजिलियन युवा टोलीले ओलम्पिक खेलकुद प्रतियोगितामा स्वर्ण पदक रक्षा गरेको छ । शनिबार नै टोकियोस्थित ओलम्पिक रंगशालामा सम्पन्न खेलमा ब्राजिलले अतिरिक्त समयमा स्पेनलाई २–१ ले हराउँदै लगातार दोस्रोपटक पुरुष फुटबलमा स्वर्ण पदक जितेको हो । निर्धारित समयमा ब्राजिल र स्पेनले १–१ गोलको बराबरी खेलेका थिए । अतिरिक्त समयको एक सय आठ मिनेटमा माल्कमले पेनाल्टी क्षेत्रबाट गोल गर्दै ब्राजिललाई स्वर्ण दिलाए । उनले अल्भेस डा सिल्भाको क्रसमा गोल गरेका हुन् । 

सन् २०१६ को रियो ओलम्पिकमा नेमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई घरेलु मैदानमा फुटबल इभेन्ट्समा पहिलोपटक स्वर्ण पदक दिलाएका थिए । टोकियोको ओलम्पिक रंगशालामा ब्राजिलका रिचार्लिसनले पेनाल्टी चुकाएका थिए । उनले प्रहार गरेको पेनाल्टी क्रसबारभन्दा माथि गएको थियो । पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले १–० को अग्रता लियो । 

सान्तोष कार्नेरो डा क्युन्हाले अल्भेस डा सिल्भाको सटिक क्रसमा ब्राजिललाई अग्रता दिलाएका हुन् । खेलको ६१औँ मिनेटमा स्पेनले १–१ को गोल फर्कायो । स्पेनलाई ओयाजावालले बराबरीमा पु¥याएका थिए । ओयाजावालले पोस्टभन्दा ६ यार्ड बक्समा सोलेरले उपलब्ध गराएको पासमा गोल गरेका थिए । खेलको ८८औँ मिनेटमा स्पेनले अग्रता अवसर खेर फालेको थियो । ब्रायन गिलले डिबक्स क्षेत्रबाट प्रहार गरेको बल क्रसबारमा लाग्दा स्पेनले मौका चुकायो । 

महिला फुटबलको उपाधि क्यानडालाई
महिला फुटबलको उपाधि क्यानडाले जितेको छ । क्यानडाले फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै स्वर्ण पदक हात पारेको हो । निर्धारित ९० तथा अतिरिक्त समयमा स्विडेन र क्यानडाले १–१ को बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटमा मिडफिल्डर जुलिया ग्रोसले गोल गर्दै क्यानडालाई ओलम्पिकमा स्वर्ण दिलाइन् । पेनाल्टी सुटआउटमा खेलाडीहरू निकै नर्भस देखिएका थिए । कुल १२ प्रहारमध्ये सात खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । 

हसानलाई तेस्रो पदक

नेदरल्यान्ड्सकी सिफान हासनले दश हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । हसानले टोकियो ओलम्पिकमा दुई स्वर्ण तथा एक कांस्य जितेकी छन् । २८ वर्षीया हसानले १५ सय मिटर दौडमा कांस्य जितेकी थिइन् । उनले शनिबार पाँच सय मिटर दौडमा स्वर्ण जितेकी थिइन् । दश हजार मिटर दौड पूरा गर्न उनले २९ मिनेट ५५.३२ सेकेन्ड लगाइन् । 

तीन हजार मिटर बाँकी रहँदा हसान इथियोपियाकी खेलाडी लेटेसेन्वेटभन्दा पछाडि थिइन् । त्यसपछि उनले आफ्नो स्पिड बढाउँदै स्वर्ण पदक पक्का पारिन् । अन्तिम चरणको ल्यापमा हसानले लेटेसेन्वेटलाई पछाडि पारेकी हुन् । 

फेलिक्सले जितिन् ११ पदक

अमेरिकन एथलेटिक्स धाविका आलास्सन फेलिक्सले कीर्तिमानी रूपमा ओलम्पिक यात्रामा ११औँ पदक हात पारेकी छन् । शनिबार ओलम्पिक रंगशालामा फेलिक्स सम्मिलित सिड्नी म्याकलाउघिल्न, डालिलाह तथा मु एथिङले चार गुणा चार सय मिटरमा प्रतिस्पर्धा गरेका थिए । अमेरिकन टोलीले यस इभेन्ट्समा स्वर्ण पदक जित्न सफल भयो । अमेरिकन एथलेटिक्स इतिहासमा महिला धाविकाले ओलम्पिकमा व्यक्तिगत ११ पदक जितेको रेकर्ड फेलिक्सले राखेकी छन् । 

अमेरिकाले महिला एथलेटिक्सकै सर्वाधिक सफल खेलाडीका रूपमा फेलिक्सको नाम दर्ता गरेको छ । उनले पाँचौँपटकको ओलम्पिक सहभागितामा कीर्तिमान रचेकी हुन् । फेलिक्स सम्मिलित अमेरिकन टोलीले यसअघि चार मिटर हडल्स तथा आठ सय मिटरमा स्वर्ण पदक हात पारेको थियो । फेलिक्सले चार सय मिटर दौडमा कांस्य हात पारेकी थिइन् ।