१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २३ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेशमन्त्रीको आरोप– विकास र सुरक्षाको अधिकार हस्तान्तरण नहुँदा प्रभावकारी काम गर्न समस्या 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:५९:oo

प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न नचाहँदा प्रदेश सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले शनिबार विराटनगरमा प्रदेशमा मिडिया कानुनबारे आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा कार्कीले संघीय सरकारले अझै विकास र सुरक्षाको अधिकार प्रदेशलाई हस्तान्तरण गर्न हिचकिचाइरहेको बताए । 

उनले अझै संघीय सरकारले प्रदेशलाई प्रहरी हस्तान्तरण नगर्दा शान्ति–सुरक्षा आपेक्षाअनुसार सुधार गर्न चुनौती बनिरहेको बताए । यसैगरी, विकासका लागि अधिकार पूर्ण रूपले हस्तान्तरण नहुँदा संघीयताको दिगोपन चुनौती बरिहेको सुनाए । मन्त्री कार्कीले भने, ‘दैवीप्रकोपजस्ता केही समस्याग्रस्त क्षेत्रका अधिकारहरू मात्र हस्तान्तरण गरेको छ, तर अझै विकास र सुरक्षाको अधिकार पूर्ण रूपले हस्तान्तरण गर्न चाहेकै छैन ।’ 

अझै संघ र पालिकाहरूले प्रदेशलाई हेर्ने धारणा सकारात्मक बनाउन नसकेको भन्दै मन्त्री कार्कीले राजनीतिक र प्रशासनिक संरचनामा आमूल परिवर्तन नल्याएसम्म प्रदेशले प्रभावकारी काम गर्न सक्दैन भने । उनले पालिकाहरूलाई प्रदेश सरकारमातहत राख्नुपर्नेमा जोड दिए ।

ad
ad