१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २३ शनिबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण २३ शनिबार १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइईकाे नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण २३ शनिबार १५:o६:oo

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोर्डले विद्यालयले आन्तरिक मूल्यांकन गरेर पठाएकोलाई प्रमाणीकरण गर्ने निर्णय गरेको एसइईका परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।  त्यसैगरी बोर्ड बैठकले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार ३१ साउनदेखि तय भएको कक्षा १२ को परीक्षा विषयमा पछि सूचना प्रकाशन गर्ने गरी परीक्षा स्थगित भएको हो ।