मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २२ शुक्रबार
  • Monday, 03 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २२ शुक्रबार o८:१८:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

जनकवि दुर्गालाल श्रेष्ठको जीवनी प्रकाशित हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २२ शुक्रबार o८:१८:oo

जनकवि दुर्गालाल श्रेष्ठको जीवनीमा आधारित पुस्तक यसै वर्ष प्रकाशन हुने भएको छ । नेपाल सम्वत्अनुसार बिहीबार (२१ साउन) जन्मदिन मनाउने क्रममा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरिएको हो ।

दुर्गालाल श्रेष्ठको जन्म श्रावणकृष्ण एकादशीको दिन भएको थियो । उनी ८६ वर्ष पूरा गर्दै ८७ वर्षमा प्रवेश गरेका छन् । यसै अवसरमा दुर्गालाल साहित्य प्रतिष्ठानले ०७८ भित्रै नेपाली भाषामा उनको जीवनी प्रकाशित गर्ने घोषणा गरेको हो ।

अनुसन्धाता आर. मानन्धरद्वारा लिखित उनको जीवनी ‘कवि कथा’ लेखनको अन्तिम चरणमा छ । सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनले गरिरहेका छन् । प्रतिष्ठानका अनुसार सो कृति चित्रमय हुनेछ । नेपाल भाषामा उनको जीवनी पुस्तक दुई वर्षअघि (ने.सं. ११३९) नै प्रकाशित भइसकेको छ ।