प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद खगराज अधिकारीले खोपको मूल्यबारे जानकारी गराउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग माग गरेका छन् । शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकमा उनले खोपको मूल्य तथा यसको नेगोसिएसनबारे जानकारीको माग गरेमा हुन् ।
उनले कोभिसिल्डलगायत सबै खोपको मूल्यको जानकारी उपलब्ध गराउन माग गरेका हुन् । खोपको दुरुपयोग भएको भन्ने कुराहरूको बारेमा पनि उनले मन्त्रालयसँग सोधखोज गरेका थिए। उनले बैठकमा भने, ‘खोप ल्याउने नेगोसिएसन कसरी भयो ? कति रकममा आयो भन्ने कुरा हामीले थाहा पाउनुपर्छ।भ्याक्सिनको मूल्य कति हो ?’