१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख ३० आइतबार १४:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माओवादी नेतालाई सांसद वलीको म्यासेज– म माओवादीमै छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:३o:oo

लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले माओवादी केन्द्र संसदीय दलका नेता कुलबहादुर केसीलाई म्यासेज गरेकी छिन् । बुधबार बिहान गरेको उक्त मोबाइल म्यासेजमा सांसद वलीले आफू माओवादी केन्द्रमै रहेको जानकारी दिएकी हुन् ।

वलीले पठाएको म्यासेजमा भनिएको छ, ‘म माओवादी केन्द्रमा नै छु, अहिले बोल्न मिल्ने अवस्थामा छैन । छिट्टै संसदीय दलको सम्पर्कमा आउनेछु । मेरो नाममा निकालेको विज्ञप्ति झुटाे हो ।’ 

उक्त म्यासेजमा वलीले बुधबार नै माओवादी नेतासँग भेट्ने र छिट्टै पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेकी छिन् । सांसद वली केही समयदेखि माओवादी केन्द्रका नेताहरूसँग सम्पर्कमा छैनन्।

ad
ad