१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १९ मंगलबार
  • Sunday, 29 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७८ श्रावण १९ मंगलबार २o:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय प्रशासनसँगको सहमतिपछि रविदासको परिवारले बुझे शव

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ श्रावण १९ मंगलबार २o:१५:oo

प्रहरी हिरासतमा मृत्यु भएका धनुषाका पल्टु रविदासको घटनामा पीडित परिवारले स्थानीय प्रशासनसँगको सहमतिपश्चात् शव बुझेका छन् । गत १५ साउनमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका रविदासको परिवारले  घटनाको उच्चस्तरीय छानबिन तथा क्षतिपूर्तिको माग राख्दै शव बुझ्न मानेका थिएनन् । 

पीडित परिवार र स्थानीय प्रशासनबीच मंगलबार भएको छलफलमा सहमति जुटेको हो । घटना अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन र पीडित परिवारलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

घटनाको समयमा थुनुवा कक्षमा सेन्ट्री बसेका प्रहरी जवान जयप्रकाश यादवलाई ६ महिनाका लागि निलम्बनसमेत गरिएको छ ।

ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दामा थुनामा रहेका लक्ष्मीनियाँ गाउँपालिका– २ का ४० वर्षीय रविदास हिरासत कक्षमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका थिए ।

मृतककी श्रीमतीलाई लक्ष्मीनियाँ  गाउँपालिकामा रोजगारीका लागि जिल्ला प्रशासन कार्यालयले आग्रह गर्नेसमेत सहमति भएको छ ।