Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १९ मंगलबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय विभूषण छनाेट समितिमा ६ जना नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १९ मंगलबार १९:४१:००

सरकारले राष्ट्रिय विभूषण छनाेट समितिमा ६ जनाको नियुक्ति गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार समितिमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति भूषण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार गोविन्दप्रसाद शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, उद्योगी कुशप्रसाद मल्मी, इन्जिनियर ओमप्रकाश महतो र नेपाली सेनाका अवकाशप्राप्त उपरथी नरबहादुर कँडेललाई नियुक्त गरेको हो ।