१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १८ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १८ सोमबार २o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले एकता जोगाउन थप पहल गर्ने नेपाल समूहको निर्णय, ओलीको अभिव्यक्तिले अवरोध सिर्जना गरेको ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १८ सोमबार २o:o८:oo

एमालेको माधव नेपाल समूहले पार्टी एकतालाई जोगाउन थप पहल गर्ने निर्णय गरेको छ । नेपाल समूहको सोमबार बसेको स्थायी कमिटीको बैठकले पार्टी एकतामा जोड दिएको सचिव भीम आचार्यले नयाँ पत्रिकालाई जानकारी दिए । 

आचार्यका अनुसार पार्टी एकतालाई निष्कर्षमा पु¥याउन लाग्नुपर्नेमा नेताहरूले जोड दिएका छन् । 

अध्यक्ष केपी ओली पक्षलाई एकलौटी रूपमा निर्णय नगर्न बैठकले आग्रह गरेको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । अध्यक्ष ओलीको अभिव्यक्तिले एकतामा अवरोध सिर्जना गरेको भन्दै नेपाल समूहको स्थायी कमिटी बैठकले गम्भीर बन्न सचेतसमेत गराएको छ । 

दोस्रो तहका नेताहरुले एकताको पहल गरिरहेको बेला केही दिनअघि ओलीले नेपालविरुद्ध गम्भीर आरोप लगाएका थिए । एकताका लागि जोड दिएपनि ओली र नेपालले हालसम्म अडान छाडेका छैनन् । 

ad
ad
ad
ad