मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १८ सोमबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १८ सोमबार १८:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चले दिएन पूर्वमाओवादीका चार नेताको मागअनुसार अन्तरिम आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १८ सोमबार १८:१५:oo

सर्वोच्च अदालतले माओवादी केन्द्रको कारबाहीका आधारमा संघीय सांसद (प्रतिनिधिसभा सदस्य)बाट पदमुक्त भएका चार नेताको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 

चारैजनाले माओवादीकै सांसद बहाल हुन पाऊँ भनी सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले एमाले प्रवेश नगरेको जिकिर गर्दै माओवादी केन्द्रको तर्फबाट सांसद पद कायम गराउन माग गर्दै १३ साउनमा छुट्टाछुट्टै रिट दर्ता गराएका थिए । यद्यपि उनीहरू एमालेको बैठकमा सहभागी हुँदै आएका छन् ।

२३ फागुनमा सर्वोच्च अदालतले दुई पार्टी एकीकरणपछि बनेको नेकपालाई पूर्ववत् एमाले र माओवादी केन्द्रकै रूपमा कायम गरिदिएको थियो । सर्वोच्चको निर्णयपछि उनीहरू एमालेमै रहेर मन्त्री बनेका थिए । एमालेमै रहेपछि उनीहरूलाई माओवादी केन्द्रले संसद् पद खारेज गरी कारबाही गरेको थियो ।