मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण १८ सोमबार ०६:५२:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

उत्तम निरौलाको सखिला सार्वजनिक

Read Time : < 1 मिनेट
२०७८ श्रावण १८ सोमबार ०६:५२:००

उत्तम निरौलाद्वारा लिखित उपन्यास ‘सखिला’ सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकार पद्मावती सिंहले शनिबार आयोजित कार्यक्रममा कृतिको विमोचन गरेकी हुन् । निरौलाको यो दोस्रो कृति हो । यो उपन्यास सत्य घटनामा आधारित छ । यसमा नेपाली महिलाले भोग्नुपरेका विभिन्न सामाजिक पाटाहरूको विषय समावेश गरिएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार सिंहले नेपाली नारीहरूले भोग्दै आएको उत्पीडन र मनोवैज्ञानिक असरको विषयमा स्रष्टाले कलम चलाउनु नारीहरूका निम्ति गौरवको विषय भएको उल्लेख गरिन् । ‘सखिला’ तथा दृष्टिकोण परिवारद्वारा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, शंकर भारती, वृन्दादेवी निरौला, विश्वराज ढुंगानालगायतको उपस्थिति थियो । ‘सखिला’ हिमशिखर बुक्सले बजारमा ल्याएको हो ।