१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १७ आइतबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १७ आइतबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

होन्डा सिबी ३५० आरएस नेपालमा मूल्य ७ लाख ७५ हजार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १७ आइतबार १o:५९:oo

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डाको सिबी ३५० आरएस नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमा होन्डा सिबी मोडलका बाइकहरूले एक विशेष पहिचान बनाएको कम्पनीको जिकिर छ । 

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरूका लागि निर्मित बाइकमा ३५० सिसीको इन्जिन छ । मोर्डन फिचरहरू रहेको बाइक सिंगल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ कलरमा उपलब्ध छ । एड्भान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबिएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज यसका विशेषता हुन् । नेपाली बजारमा सिबी ३५० आरएसको मूल्य ७ लाख ७५ हजार तोकिएको छ ।  

ad
ad
ad
ad