१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसयुभी स्कोडा कुसाक नेपालमा बिक्री सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४१:oo

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कोडाको एसयुभी स्कोडा कुसाकको बिक्री सुरु गरेको छ । कम्पनीले सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरी नयाँ कुसाकको टेस्ट ड्राइभ तथा बुकिङ देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने गरी बिक्री सुरु गरेको हो । 

एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुसाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगत्मा दमदार उपस्थिति जनाइसकेको कम्पनीको दाबी छ । स्कोडा एमएडब्लूका कार्यकारी निर्देशक रौनक अग्रवालले कुसाकका माध्यमबाट सबैभन्दा रोमाञ्चक सेग्मेन्टमा प्रवेश गरेको बताए ।

यो नेपाली बजारलाई मिल्ने एसयुभी रहेको उनको भनाइ छ । उनले भने, ‘कुसाक स्टाइलिस मात्र होइन, रोबस्ट, वेल–बिल्ट, सेफ, स्पेसियस, फिचरले भरिएको र फ्युचर–प्रुफ छ । यसमा विश्वमै परिचित टिएसआई प्रविधि राखिएको छ, जुन पर्फमेन्स, इफिसेन्सी, रिफायनमेन्ट र आउटपुटको बेजोड सम्मिश्रण हो । पछिल्लो प्रविधिमा आधारित यो इन्जिन सबैभन्दा बढी अवार्ड पाउन सफल इन्जिन हो ।’

विशेषता

यो गाडी रोबस्ट र मस्कुलर देखिने तथा इन्टेरियर सुन्दरता र आधुनिकताको सम्मिश्रण रहेको कम्पनीको दाबी छ । ड्राइभिङलाई सहज बनाउन यसमा धेरैवटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएको जनाइएको छ । एमएडब्लूले कुसाकको ‘वनरसिप’ सहज बनाउन ग्राहककेन्द्रित न्यूनतम ब्याजदर आयोजना सार्वजनिक गरेको जनाएको छ । जसअनुसार ग्राहकले ५ दशमलव ९९ प्रतिशत ब्याजदरमा ५ वर्षको भाकामा स्कोडा कुसाक खरिद गर्न सक्ने जनाइएको छ । 

नयाँ कुसाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो रहेको कम्पनीले जनाएको छ । यसको ह्विलबेस २६५१ एमएम रहेकाले सेग्मेन्टमै सबैभन्दा बढी ह्विलबेस भएको तथा ग्राउन्ड क्लियरेन्स १८८ एमएम रहेको कम्पनीको दाबी छ । यसको बीचमा फ्री स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु–स्पोट मल्टिफंक्सन स्टेरिङ रहेको जनाइएको छ । 

यसको बुट क्षमता ३ सय ८५ लिटर रहेको तथा पछाडिको सिट फोल्ड गरेर १ हजार ४ सय ५ लिटरसम्म बनाउन सकिने कम्पनीले जनाएको छ । नयाँ कुसाकमा इन्जिन अफ द इयर अवार्ड हासिल गरिसकेको इफिसेन्ट टिएसआई इन्जिन राखिएको जनाइएको छ । ३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७८ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ । 

मूल्य

जम्मा पाँच भेरिएन्ट सार्वजनिक गरेको कम्पनीले सबै भेरिएन्टको मूल्य पनि सार्वजनिक गरेको छ । जसअनुसार एक्टिभ एमटीको मूल्य ४९ लाख ९० हजार रुपैयाँ, एम्बिसन एमटीको ५३ लाख ९० हजार रुपैयाँ, एम्बिसन एटीको ५८ लाख ९० हजार रुपैयाँ, स्माइल एमटीको ६० लाख ९० हजार रुपैयाँ र स्टाइल एटीको ६५ लाख ९० हजार रुपैयाँ मूल्य तोकेको जनाइएको छ । 

ad
ad