Skip This
कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न निर्देशन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Tuesday, 11 August, 2026
२o७८ श्रावण १४ बिहीबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १७:३६:oo

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड– १९ को सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ। 

समितिको बिहीबार बसेको बैठकले कोभिड– १९ को पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिँदै सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो। समितिले आवश्यक भौतिक संरचना एवं उपकरणको व्यवस्थापन गर्न तथा खोपको प्रबन्ध गर्न कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति निरु देवी पालले बताइन्। 

समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने कोभिड– १९ विरुद्धको खोपको व्यवस्थापन गर्न, बालमैत्री क्वारेन्टिन बनाउन पनि निर्देशन गरेको छ। 

समितिले बालबालिकासम्बन्धी विशेषज्ञ स्वास्थ्यकर्मी न्यून रहेकाले स्वास्थ्यकर्मीहरूको प्रभावकारी व्यवस्थापन गर्न र अनिवार्य रूपमा खटाइएको ठाउँमा सेवा गर्नका लागि स्वास्थ्यकर्मीहरूको वृत्ति विकासमा देखिएको द्विविधालाई सम्बोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। 

निषेधाज्ञाका कारण बालबालिकाहरू घरभित्रै सीमित भएकाले उनीहरूको मनोसामाजिक अवस्थाको अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समितिले डिजिटल संसारमा सक्रिय रहेका बालबालिकाको समग्र विकासमा परेको प्रभावलगायत विषयमा तथ्यमूलक अध्ययन गर्न पनि निर्देशन दिएको छ।