मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १४ बिहीबार १६:३५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

देशभर ३,३६५ संक्रमित थपिए, १६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १६:३५:oo

पछिल्लो २४ घन्टामा देशभर तीन हजार तीन सय ६५ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षणमा दुई हजार तीन सय ३५ र एन्टिजेन परीक्षणमा एक हजार ३० जनामा संक्रमण पुष्टि भएको छ । 

यो अवधिमा नौ हजार पाँच सय ५५ पिसिआर परीक्षण र चार हजार ६ सय ८७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार तीन सय ७३ जना डिस्चार्ज भएका छन् । हालसम्म ६ लाख ५० हजार चार सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

बिहीबार १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नौ हजार आठ सय सातजना कोरोना संक्रमितको मृत्यु भएको छ ।