मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ श्रावण १४ बिहीबार ०८:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रोयल इन्फिल्ड मोटरसाइकलको नयाँ मोडेल सार्वजनिक

Read Time : < 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार ०८:३४:००

नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिले नयाँ मोडेल सार्वजनिक गरेको छ । एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्सले क्रुजर सिरिजको नयाँ मोडेल मेटेओर ३५० सिसी सार्वजनिक गरेको हो । 

यसअन्तर्गत फायर बल, स्टेलर र सुपरनोभा गरी तीन भेरियन्ट रहेको कम्पनीले जनाएको छ । यसमा जे सिरिजको एयर आयल कुल्ड, एओएचसी इन्जिन रहेको जनाइएको छ । इन्धनको सदुपयोगका लागि इलेक्ट्रोनिक फ्युल इन्जेक्सन भएका यी मोटरसाइकलमा थप सुरक्षाका लागि डुअल च्यानल एबिएस पनि राखिएको कम्पनीले जनाएको छ । 

यसमा टर्न–टु–टर्न नेभिगेसनका लागि गुगल सँगको साझेदारीमा ट्रिपर पड र मोबाइल फोन चार्ज गर्नका लागि युएसबी चार्जिङ पोर्ट पनि रहेको जनाइएको छ । आजको नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनि यस मोटरसाइकलले युवादेखि वृद्धसम्म सबैको मन जितिरहेको कम्पनीले दाबी गरेको छ । यो मोटरसाइकल आफ्नो १९ वटै शाखा तथा डिलरहरूमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । बिएस भिआई संस्करणअन्तर्गत क्रुजर सिरिजको यो मोटरसाइकलमा कम्पन घटाउनका लागि ब्यालेन्सर साफ्ट पनि रहेको जनाइएको छ ।

फायरबलको २, स्टेलरको ३ र सुपरनोभा २ अधिकारिक रङहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले फायरबलको ६ लाख रुपैयाँ, स्टेलरको ६ लाख १७ हजार रुपैयाँ र सुपरनोभाको ६ लाख ४५ हजार रुपैयाँ मूल्य तोकेको छ ।